काठमाडौं । एक्साभेटर दुर्घटना हुँदा सिन्धुपाल्चोकका एक युवकको ज्यान गएको छ । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका –२ स्थित लूजा खोला जलविद्युत आयोजनाको सुरुङ्गामार्गदेखि अडिट जाने सडक निर्माणको क्रममा एक्स्काभेटर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सिन्धुपाल्चोक स्थायी घर भएका वर्ष २७ का राजकुमार दोङको घटनास्थलमा नै मृत्यु भएको र पोस्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले जनाएको छ ।