जब ढुंगाले हानेर तेन्जिङले श्रीमतीको हत्या गरे…

जब ढुंगाले हानेर तेन्जिङले श्रीमतीको हत्या गरे…

फरक पत्रिका

सोमबार, असोज २७ २०८२

जब ढुंगाले हानेर तेन्जिङले श्रीमतीको हत्या गरे…
काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका ६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित