सिन्धुपाल्चोकको इन्द्रावतीका राजनले बोकेको झोलामा भेटियो २५ लाख, काभ्रेमा परे पक्राउ

सिन्धुपाल्चोकको इन्द्रावतीका राजनले बोकेको झोलामा भेटियो २५ लाख, काभ्रेमा परे पक्राउ

फरक पत्रिका

मंगलबार, जेष्ठ ७ २०८२

सिन्धुपाल्चोकको इन्द्रावतीका राजनले बोकेको झोलामा भेटियो २५ लाख, काभ्रेमा परे पक्राउ

काभ्रे । प्रहरीले काभ्रेबाट स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ बस्ने २१ वर्षीय राजन धमलासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अर्का व्यक्ति सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ३८ वर्षीय सञ्जयकुमार साह छन् ।

मंगलबार अपराह्न ४ः३० बजेतिर पैसासहित उनीहरु पक्राउ परेका हुन् । काभ्रेको बनेपा नगरपालिका–१४ स्थित साँगा चोकमा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा २५ लाख रुपैयाँ नगद फेला परेको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धमालले बोकेको रातो जेब्रा झोलामा नगद २५ लाख फेला परेको थियो ।

उनीसहित साहलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित