हेलम्बु । केही समयअघि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ मा रहेको छाजोगाङ बस्तीमा पुग्दा स्थानीय ठूली तामाङ (९६)ले त्यहाँ पुगेका पाहुनालाई स्वागत गरिन् नेपाली भाषा बोलेर । तर, उनी आफैँ दंग थिइन् नेपाली भाषा बोलेकै कारण ।
‘हाम्रो यहाँ सबैले तामाङ भाषा बोल्छन्, नेपाली बोल्न बिर्सन थालिएछ ।’ तामाङ लवजमा उनले भनेकी थिईन्, ‘यो भन्दा अगाडि कहिले बोलिएको थियो, याद भएन ।’ कारण उनी बसोबास गर्ने हेलम्बु गाउँपालिका–५ मा रहेको छाजोगाङ बस्तीमा कसैले पनि नेपाली भाषा बोल्दैनन् । उनीहरु आफ्नै मातृभाषा प्रयोग गर्छन् ।
उनले सम्झिइन्–२०५० सालमा नेपाली बोल्नुपर्ला भनेर बाहिरबाट आएको मान्छे देख्दा लुक्ने गरेको । उतिबेला बाहिरबाट आउनेहरुसँग नेपालीमा या अन्य भाषामा बोल्नुपर्छ भनेर भाग्ने गरेको उनले स्मरण गरिन् । ‘बोल्नु नै परेदेखि तामाङ नभए बोल्दैनथ्यौ,’ उनले पंक्तिकारसँग भनेकी थिइन् । यो गाउँमा तामाङबाहेक अरु भाषा बोल्न रुचाइदैन । तामाङ समुदायको बाहुल्यात रहेको बस्ती ‘छाजोगाँङ ’को अर्थ नै हो प्रकृतिमय डाँडा । पुख्र्यौली संस्कृति र मान्यता जोगाउन छाजोगा“ङमा तामाङ भाषा मात्रै बोल्ने गरिएको हो ।
‘यो पुख्र्यौली तामाङ परम्परा हो, भाषा नरहे हाम्रो अस्तित्व रहन्नजस्तो लाग्छ , त्यसैले यसलाई दैनिकी बनाइसकेका छौ,’ हेलम्बु–५ का लालबहादुर तामाङले हामीसँग यसरी मनको कुरा साटेका थिए । यहाँको हरेक घरअगाडी बौद्ध परम्पराको ध्वजा ‘दर्जो’ झण्डा , पूजा कक्षमा कुलदेवता ‘लत्यान्जे’लाई पुज्छन् । बोल्दा पवित्र होइने विश्वासमा आफ्नै खास भाषा प्रयोग गर्ने यहाँका तामाङ परिवारले ७ पुस्ताको पुर्खा र नौ थरीका देवतालाई खुब मान्ने उनले हामीलाई सुनाए ।
मण्डल बनाएर धामीझँक्री तामाङ भाषाकै मंन्त्रले कुलदेव ‘लत्यान्जे’ ,गुरु रेन्पोछे, बुध्ददेखि हिमालका देवता महादेवलाई पुकार्छन् । भूकम्प आउँदा सबै देवतालाई पुजेको स्थानीय बताउँछन् । ‘केही विपत आइलागे कुलदेव लत्यान्जे, चुनिङ, सोल्फुजीलगायतका ९ वटा देवतालाई एकैसाथ बोलाइन्छ, त्यसपछि हाम्रो सबै समस्या टर्छ ।’ एक स्थानीयले भने । छाजोगाँङमा आउने र जाने हरेक पाहुनलाई शुभम् ‘ज्यावा मुला’ भन्दै दोसल्ला र मालाले तामाङ भाषामै सम्मान (स्वातग÷बिदा) गर्ने गरिएको छ । तामाङ भाषा बोल्नुपर्छ भनेर बाध्यताकारी नियम त छैन् तर, तामाङ सम्प्रदायको यो पुख्र्यौली मान्यतालाई पूरा गाउँले मानेका हुन् ।
छाजोगाँङबाहेक वरीपरी खरबुजे, सिरिसे गरी उच्च भेगका गाउँभर दुईसय तामाङ परिवारको बसोबास छ । भूकम्पको चारवर्षलगत्तै अधिकाशंले रंगिन जस्तापाता प्रयोग गरेर भुकम्पप्रतिरोधी ठडाइसकेका घरमा तामाङ संस्कृतिअनुरुप सिँगारेका छन् ।
तामाङ समुदायको मुल थलो हुनाले ठेट् तामाङ भाषा बोलिने प्रचलन पुख्र्यौली रुपमा सर्दै आइरहेको हो । ‘सडक संञ्जाल जोडिएपछि मात्रै केहीले नेपाली, अंग्रेजी भाषा पनि प्रयोग गर्न थाले, नत्र त पहिले अरु भाषा बुझ्न्े मान्छे पाउनै मुस्किल हुन्थ्यो,’ एक स्थानीयले अनुभव साटे । १६ वर्षअघिसम्म तामाङबाहेक अन्य भाषा नबुझ्ने समस्या गाउँमा थियो । अब भने त्यस्तो नभएको गाउँवासी बताउँछन् । तर धार्मिक मान्यतालाई मान्ने भएकाले तामाङ भाषा बोल्ने गरिन्छ ।