दोलालघाट पुलबाट हाम फालेका व्यक्ति सिन्धुपाल्चोक बलेफीका गोविन्द तामाङ

दोलालघाट पुलबाट हाम फालेका व्यक्ति सिन्धुपाल्चोक बलेफीका गोविन्द तामाङ

फरक पत्रिका

बुधबार, असार १३ २०८१

दोलालघाट पुलबाट हाम फालेका व्यक्ति सिन्धुपाल्चोक बलेफीका गोविन्द तामाङ

सिन्धुपाल्चोक । दोलालघाट पुलबाट नदिमा हामफाली डुबेर बेपत्ता भएको व्यक्तिको सनाखत भएको छ। हाम फाल्ने सिन्धुपाल्चोक बलेफी-७ का गोविन्द तामाङ रहेको खुलेको हो ।
५ असारमा काभ्रेपलाञ्चोक भुम्लु गा.पा. ८ कोसीपारी स्थित सुनकोसी नदिको पक्कि पुलबाट उनी हाम फालेका थिए । आफै हाम्फाली डुबि बेपत्ता भएकोमा असार १० गते सिन्धुली गोलन्जोर गा.पा.७ खुर्कोट तल्लोबजार स्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला हुन् । उनी सिन्धुपाल्चोक बलेफी गा.पा.७ खाँडिचौर घर भई हाल काठमाडौ कपन डेरा गरी बस्ने गर्दथे ।
अं.वर्ष ५० को गोविन्द तामाङ रहेको मृतकको छोरा विजय तामाङले सि.सि.टि.भि.फुटेज हेरी पहिचान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित