सिन्धुपाल्चोक । दोलालघाट पुलबाट नदिमा हामफाली डुबेर बेपत्ता भएको व्यक्तिको सनाखत भएको छ। हाम फाल्ने सिन्धुपाल्चोक बलेफी-७ का गोविन्द तामाङ रहेको खुलेको हो ।
५ असारमा काभ्रेपलाञ्चोक भुम्लु गा.पा. ८ कोसीपारी स्थित सुनकोसी नदिको पक्कि पुलबाट उनी हाम फालेका थिए । आफै हाम्फाली डुबि बेपत्ता भएकोमा असार १० गते सिन्धुली गोलन्जोर गा.पा.७ खुर्कोट तल्लोबजार स्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला हुन् । उनी सिन्धुपाल्चोक बलेफी गा.पा.७ खाँडिचौर घर भई हाल काठमाडौ कपन डेरा गरी बस्ने गर्दथे ।
अं.वर्ष ५० को गोविन्द तामाङ रहेको मृतकको छोरा विजय तामाङले सि.सि.टि.भि.फुटेज हेरी पहिचान गरेको प्रहरीले जनाएको छ ।