सिन्धुपाल्चाेक । जिल्लाको चौतारा साँगाचाेकगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरउपप्रमुख सीता थापाले १६ अौं नगरसभामा नतीति तथा कार्यक्सार्वजिकगरेकी हुन् ।
नगरले शिक्षा, युवा तथा खेलकुदमा महत्वाकांक्षी नीतिसमेत ल्याएको छ। व्यवहारिक शिक्षा हाम्राे प्रतिबद्धता, समयको माग सामुदायिक बिद्यालयमा परिवर्तन, अनिवार्य तथा निशुल्क शिक्षा,उच्च शिक्षामा सबैकाे पहुँचजस्ता उपशिर्षक राखेर नगरले शिक्षा, युवा तथा खेेलकुुदकाे नीति प्रस्तुत गरेकाे हाे ।
यस्तो छ शिक्षा , युवा तथा खेलकुद सम्बन्धी नीति
व्यावहारिक शिक्षा हाम्रो प्रतिवद्धता अनुरूप बालबालिकामा सिक्दै पढ्दै, पढ्दै रम्दै, शारीरिक, मानसिक र संवेगात्मक, शिक्षाचार र अनुशासन विकास गरी व्यावहारिक शिक्षा हाँसिल गर्ने उद्देश्यले बुक फ्री फ्राइडे डे सञ्चालन गरिनेछ । सिर्जनशीलता र बहुलताको विकास गरी श्रम प्रति सम्मान र पेशा प्रति लगनशीलताका साथै उनीहरुमा सदाचार, “हरित विद्यालय आजको आवश्यकता अनुसार एक विद्यालय एक बैगैचाको सुनिश्चितता गरी हरित विद्यालयको मर्मलाई सार्थक बनाउन र विश्व तापमानको बढ्दो अवस्थालाई मध्यनजर गरी वातावरण अनुकूल कार्य गर्नका लागि एक कक्षा
एक मिस्वाको अवधारणा विकास गरिनेछ ।
‘समयको माग सामुदायिक विद्यालयमा परिवर्तन” भन्ने मान्यताका आधारमा क्रमश स्मार्ट विद्यालयको रुपमा विकास गरिनेछ। साथै एक शिक्षक एक ल्यापटप तथा अन्य आइसीटीका कार्यक्रमको व्यवस्थापन तथा विस्तार गरिनेछ।
“हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीमा रुपान्तरण’ भन्ने नारालाई सार्थकता दिन नगरपालिकाको शिक्षा विकासका लागि नगर शिक्षा नीति र नगर शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइनेछ । छात्रवृत्ति, स्वयमसेवक शिक्षक व्यवस्थापन, बालग्राम व्यवस्थापन लगायतका विषयलाई थप व्यवस्थित र प्रभावकारी बनाइने छ ।
“हामी सबैको प्रणः सार्वजनिक विद्यालयको सवलीकरण” भन्ने सोचलाई व्यवहारमा उतार्न सबै विद्यालयमा भौतिक एवं शैक्षिक पूर्वाधार, शिक्षण सिकाइ प्रक्रिया र प्रविधिको प्रयोगमा उल्लेख्य सुधार गरिनेछ ।
*अनिवार्य तथा निःशुल्क शिक्षा हाम्रो अभियान” चौतारा साँगाचोकगढी नगरपालिका भित्रका सबै सार्वजनिक विद्यालयमा कक्षा ८ सम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तह (कक्षा १०) सम्मको शिक्षा निःशुल्क गरिनेछ । साथै आगामी २ वर्षभित्र माध्यमिक तह (कक्षा १२) सम्मको विद्यालय नक्शाङ्कन र भौगोलिक अवस्थालाई मध्यनजर गरी विभिन्न विषय र सङ्कायहरुलाई एकीकृत तथा आवश्यकताका आधारमा खण्डीकृत गरी अध्यापन गर्दै (कक्षा १२) सम्मको शिक्षा निःशुल्क गरिनेछ ।
‘मूल्याकन प्रणालीमा सुधार आन्तरिक एवम् निरन्तर मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक मुल्यानका साधनहरुको विकास तथा स्वमूल्याङ्कन र उपचारात्मक शिक्षण विधिका माध्यमबाट सिकाइ प्रक्रियामा सुधार गर्न शैक्षिक सामाग्री विकास गरी ती सामाग्रीहरुलाई शिक्षण सिकाइका क्रममा कक्षाकोठामा प्रयोग गर्न लगाइनेछ ।
“सेवा प्रवाहमा सरलता ल्याई नगरभित्रका सबै विद्यालयको शिक्षण सिकाइमा एकरुपता र आपसी समन्वय तथा सहकार्यका लागि लिडर विद्यालयले फिडर विद्यालयलाई समेत सहजीकरण गर्ने र विद्यालयको सूचना प्रणाली तथा शैक्षिक गतिविधिमा तदारुकता ल्याउन थप प्रभावकारी बनाइनेछ।
‘उच्च शिक्षामा सबैको पहुँच” विस्तार गर्न आर्थिक रुपले विपन्न, सीमान्तीकृत तथा लक्षित वर्गका विद्यार्थीलाई समन्यायिक सिद्धान्तका आधारमा विशेष प्रोत्साहन प्रदान गरिनेछ । नगरमा अध्ययन गर्ने बुहारी, दलित, अल्पसंख्यक, सीमान्तकृत समुदाय, शहीद तथा बेपत्ता नागरिकका परिवार र अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा प्रदान गरिनेछ । “शिक्षाको जग बालबिकास शिक्षा” भन्ने आधारलाई मध्यनजर गरी पाँच वर्षमुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि दुई बर्षे प्रारम्भिक बाल शिक्षा (नर्सरी र किण्डरगार्डन) को व्यवस्था गरिएको छ । ती कक्षामा अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गर्न मन्टेश्वरी शिक्षकको व्यवस्थापन गरी नर्सरी र केजीका बालबालिकालाई निशुल्क पाठ्यपुस्तकको वितरण गरिनेछ । प्रारम्भिक बालविकास कक्षामा शैक्षिक तथा खेल सामग्री व्यवस्था गरिनेछ । बालविकासका सहजकर्ताहरुको स्तरीकरण (ग्रेडिङ) गरी कार्यसम्पादनका आधारित प्रोत्साहन गर्ने नीति लिइनेछ ।
“शिक्षकको पेशागत दक्षता गुणस्तरीय शिक्षा प्रमुख आधार” भन्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकलाई तालिम, अभिमुखीकरण, विषयगत नेटवर्क परिचालन, विषयगत बैठक तथा शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्न माग र पुरस्कार प्रदान गरिनेछ । आवश्यकताका आधारमा पेसागत क्षमता विकास तालिमको व्यवस्था गरिनेछ। शिक्षक तथा कर्मचारीलाई सम्मान तथा
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरुसँग समय समयमा बैठक तथा अन्तरक्रिया तथा बालबालिकाको सिकाइमा अभिभावकको सहभागिता वृद्धि गर्न अभिभावक सचेतीकरण कार्यक्रमलाई निरन्तरता
दिइनेछ ।
“आवश्यकताका आधारमा विद्यालय समायोजन तथा एकीकरण विद्यार्थी संख्या, भौगोलिक अवस्था लगायतका ● आधारमा विद्यालयको नक्साङ्कन गरी विद्यालय समायोजन गर्नुका साथै शिक्षक दरबन्दी मिलान गरिनेछ । दरबन्दी मिलान गर्दा पनि शिक्षक नपुग हुन गएमा शिक्षण अनुदान तथा स्वयम् सेवक शिक्षक परिचालन जस्ता उपायहरु अवलम्बन गरी
शिक्षक आवश्यक संख्यामा एकीकरण तथा व्यवस्थापन गरिनेछ ।
विद्यालयमा सुशासन कायम गर्न इ-हाजिरी, नियमित रिपोर्टिङ, सामाजिक परीक्षण, लेखा परीक्षण, सार्वजनिक सुनुवाई, विकास केन्द्रित गर्न थप प्राविधिक सहायता प्रदान गरिनेछ । अभिभावक भेला तथा विद्यालय अनुगमन तथा सुपरिवेक्षण प्रणालीलाई थप सुदृढ गरी सबै शिक्षकहरुलाई पेसागत
विद्यार्थीको सर्वांगीण विकासका लागि खेलकुद, योग, ध्यान, गीत, सङ्गीत तथा कसरतलाई जीवन पद्धतिसँग गाँसिनेछ । न्यून दृष्टीयुक्त बालबालिकालाई निःशूल्क आँखा परीक्षण तथा चश्मा वितरण गरिनेछ । नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । साथै खेल क्लब तथा विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिनेछ ।
नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरुलाई सम्मानित
तथा पुरस्कृत गर्ने नीति लिइनेछ ।
जनआन्दोलन तथा जनयुद्धका शहिदहरुको स्मृतिमा नगरस्तरमा आर्थिक रुपले विपन्न र आमाबाबु विहिन बालबालिकाका लागि बालग्राम स्थापना गरी आवासीय विद्यालयको रुपमा सञ्चालन गरिनेछ ।
संघीय तथा प्रादेशिक सरकारको समन्वयमा विद्यालय दिवा खाजा, विद्यालय नर्स कार्यक्रम, शिक्षण अनुदान, छात्राहरुलाई सेनिटरी प्याड वितरण लगायतका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक क्रमिक रुपमा निर्माण गरी नगर भित्रका विद्यालयहरुमा लागू गरिनेछ ।
एक घर एक प्राविधिक नीतिलाई कार्यान्वयन गर्न नगरभित्रका शिक्षालयमा अध्ययन गर्ने दलित, सीमान्तकृत, गरीब तथा जेहेन्दार छात्र छात्राका लागि प्रोत्साहन छात्रवृतिको व्यवस्था गरिनेछ ।
विद्यार्थीको सर्वाङ्गीण विकासको लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापको सञ्चालन गर्न बालक्लब, स्काउट, जुनियर रेडक्रस जस्ता क्लबहरुसँग समन्वय गरी स्थानीय संस्कृति झल्कने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
शून्य दरबन्दी भएका माध्यमिक तथा आधारभूत तहका विद्यालयलाई शिक्षक व्यवस्थापनका लागि अनुदान उपलब्ध गराइनेछ ।
अनुगमन तथा निरीक्षणका आधारमा नक्साङ्कन गरिएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रमलाई बालमैत्री र अपाङ्गतामैत्री बनाइनेछ ।
पाँच वर्षमुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक बालविकास कार्यक्रमलाई प्रोत्साहन गरिनेछ । विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई उत्कृष्टताका आधारमा सम्मान तथा प्रोत्साहन गरिनेछ ।
साहित्य, कला, संस्कृति, अभिनय तथा खेलकुद लगायतका अतिरिक्त सिर्जनशील क्षेत्रमा युवा विद्यार्थीको संलग्नतालाई प्रोत्साहन गरिनेछ । नगरमा खेलाइने सबै खेलहरुलाई नगर खेलकुद महोत्सवको रुपमा विकास गर्ने नीति लिइनेछ । शिक्षण सिकाइलाई निरन्तरता दिन शैक्षिक हवको विकास गरी अनलाइन तालिम तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गरिनेछ ।
विद्यालयको वार्षिकोत्सव र लेखा परीक्षणलाई मितव्ययी बनाइनेछ । सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोशाकमा एकरुपता ल्याइनेछ ।
अन्तर विद्यालय विषयगत शिक्षक व्यवस्थापन गर्ने नीति लिइनेछ ।
नगरपालिका भित्र रहेका विद्यालहरुमा अनलाइन शिक्षा सुरुवात गर्ने नीति लिइने छ ।