गाउँपालिका उपाध्यक्षले नै योजनाकाे रकम हिनामिना गरेपछि…

गाउँपालिका उपाध्यक्षले नै योजनाकाे रकम हिनामिना गरेपछि…

फरक पत्रिका

शनिबार, बैशाख १५ २०८१

गाउँपालिका उपाध्यक्षले नै योजनाकाे रकम हिनामिना गरेपछि…

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका कि उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरेको छ ।

पालिकाको वडा न.१ अन्तर्गतका शाखा सडकहरु ढलानको लागि  विनियोजन गरेको रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुने माग दावी गर्दै आरोप-पत्र दायर गरेको हो ।

आर्थिक बर्ष २०७९/०८० को उक्त योजनामा उपाध्यक्ष सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडललाई दोषी ठहर गर्दै अख्तियारले ८ लाख ६५ हजार १ सय ४५ विगो जरिवाना समेत माग गरेको छ ।

सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको,  गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेले वताए ।

त्यसैगरी अख्तियारले पालिकासगँ सम्झौता गरेर गुणस्तरिय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका संचालक राकेश कुमार रायलाई पनि दोषी ठहर गरेको छ ।

पालिकासगँ सम्झौता गरेर गुणस्तरहिन काम गर्दा पनि फर्जी प्रतिवेदन वनाई भुक्तानी लिएको ठहर गर्दै उन्लाई भ्रष्टाचार निवारण ऐन २०५९ वम्मोजिम सजाय र विगो समेत जफतको माग गर्दै राय विरुद्ध आरोप-पत्र दायर गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित