तातोपानी नाकानजिक ड्रोन उडाएको आरोपमा चिनियाँको नियन्त्रणमा रहेका दुई युवा रिहा

तातोपानी नाकानजिक ड्रोन उडाएको आरोपमा चिनियाँको नियन्त्रणमा रहेका दुई युवा रिहा

फरक पत्रिका

शुक्रबार, असार १९ २०८३

तातोपानी नाकानजिक ड्रोन उडाएको आरोपमा चिनियाँको नियन्त्रणमा रहेका दुई युवा रिहा

सिन्धुपाल्चोक । आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा शुक्रबार रिहा भएका छन्। नेपाल–चीन सीमावर्ती तातोपानी नाकानजिक लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा दुई युवा चिनियाँको नियन्त्रणमा थिए ।
चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई शुक्रबार तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट ं(बीओपी) तातोपानीका प्रहरी निरीक्षक लिलाराम फुन्जेलसहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएका हुन्।
काठमाडौंका मनोज प्रजापति र भक्तपुरका १७ वर्षीय सुदीप थापा मगर लप्ची घुम्न गएका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो। उनीहरूलाई नियन्त्रणपछि चीनको न्यालम काउन्टीमा राखिएको थियो।
अध्यागमन कार्यालय प्रमुख तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको हो। उनका अनुसार ती युवाका परिवारसँग यसअघि नै सम्पर्क भइसकेको थियो। नेपाली पक्षले औपचारिक पत्राचारमार्फत रिहाइको अनुरोध गरेपछि चिनियाँ पक्षले सोधपुछ र कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरेको हो।
नेपाल–चीन सीमाक्षेत्रमा पछिल्लो समय आवतजावत बढेसँगै चिनियाँ पक्षले सुरक्षा निगरानी पनि कडा बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित