काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।
अभिनेत्री केकी काजीको कजिनी पात्रको रुपमा प्रस्तुत छिन्। काजी क्लासिक लभस्टोरी सिनेमा हो।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।
रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन रहेको छ।