साउदीसँग नेपालले पायो ७४ रनको लक्ष्य

साउदीसँग नेपालले पायो ७४ रनको लक्ष्य

फरक पत्रिका

बुधबार, बैशाख ५ २०८१

साउदीसँग नेपालले पायो ७४ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमिअर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरबलाई जित्न ७४ रनको लक्ष्य पाएको छ।ओमानमा जारी एसीसी प्रिमिअर कपअन्तर्गत समूह चरणको अन्तिम
खेलमा नेपालले लक्ष्य पाएको हाे  ।बुधवार दिउँसो नेपालले टस जितेर फील्डिङ रोजेकाे हाे । साउदी अरबले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनायो।
नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ विकेट लिए भने ललित राजवंशी र प्रतीश जीसीले १-१।
वर्षाका कारण ढिला सुरु भएकाले खेललाई २० बाट ८ ओभरमा छोट्याइएको छ।
नेपाल यसअघिका तीन खेलमा विजयी हुँदै समूह विजेता भएर सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ।
नेपाल गत वर्ष काठमाण्डूमा भएको एसीसी प्रिमिअर कपको विजेतासमेत हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित