सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका ३० किशोरीले आत्मरक्षा तालिम लिन सुरु गरेका छन् ।
बालिकामा हुने हिंसा न्यूनीकरण गर्न र अपराधजन्य गतिविधिबाट जोगाउन नगरपालिकाभित्रका किशोरीहरु आत्मरक्षा तालिममा सहभागी भएका हुन् । बिहीबार नगरपालिकाकी उपमेयर सीता थापाले चौतारामा तालिमको उद्घाटन गरेकी हुन् ।
थापाले कठिन परिस्थितिमा नडराई आत्मविश्वासी बनेर हिंसाको प्रतिरोध गर्न किशोरीहरुलाई आत्मरक्षा तालिमको महत्व रहेको बताइन् ।
प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा बिहिवार र शुक्रबार गरि २ दिन सम्म तालिम संचालन गरिएको हाे । कठिन परिस्थितिमा आफुमाथि हुने हिंसाको प्रतिकार कसरी गर्ने र समाजमा हुने सामाजिक बिकृतिहरु रोक्न के गर्ने भन्ने बिषयमा तालिम संचालन गरिएको प्रदेश युवा परिषद सिन्धुपाल्चोक स्वयमसेवक रुपक दुलालले बताए ।