चट्याङ लागेर सिन्धुपाल्चोकको इन्द्रावतीमा तीनजना घाइते

चट्याङ लागेर सिन्धुपाल्चोकको इन्द्रावतीमा तीनजना घाइते

फरक पत्रिका

शुक्रबार, चैत्र ३० २०८०

चट्याङ लागेर सिन्धुपाल्चोकको इन्द्रावतीमा तीनजना घाइते

सिन्धुपाल्चोक । चट्याङ लागेर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा ३ जना मानिस घाईते भएका छन् । बिहीबार साँझ हावाहुरी, असिनापानीसंगै चट्याङ लागेर तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा इन्द्रावती गाउँपालिका ४ खर्पनेका ४२ वर्षका भोज बहादुर तामाङ , सोही ठाउँ बस्ने १२ वर्षको सिङ्गे तामाङ र वर्ष ९ को आशिस लामा रहेका छन् । चट्याङ्ग लागि घाईते भएका उनीहरुलाई नवलपुर अस्पतालमा उपचार गरिएको थियो । सामान्य उपचारपछि उनीहरु घर फर्केको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एबं प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित