फोकल पर्सनलाई टेलिफोन,कट्टेलले लाएनन् आगो पीडितलाई गुन !

फोकल पर्सनलाई टेलिफोन,कट्टेलले लाएनन् आगो पीडितलाई गुन !

फरक पत्रिका

बिहिबार, चैत्र २२ २०८०

फोकल पर्सनलाई टेलिफोन,कट्टेलले लाएनन् आगो पीडितलाई गुन !

चौतारा ।
बुधवार दिउँसो ३ बजेतीर होटल अरनिको रिसोर्ट प्रालि नजिकै जंगलमा एक्कासी आगलागी भयो । रिसोर्टमा बसेका पाहुना र होटलका कर्मचारी भागदौड गर्न थाले । कोही पानी खोज्न त कोही स्याउला बोकेर आगो निभाउन । यत्तिकैमा कुनै एक ब्यक्तिलाई झल्यास्स दमकमलको याद आयो । र,चौतारा नगरपालिकातीर फोन थिचे । नभन्दै नगरपालिकका विपद् फोकल पर्सन चिरञ्जीवी कट्टेलले फोन रिसिभ गरें ।
ए ! आगलागी भो,कहाँ रिसोर्टतीरै आइनैसक्यो । ल हुन्छ दमकल पठाइदिन्छु । पछि न नगरपालिकाको दमकल आयो,न कट्टेलले आगो नियन्त्रण आए नआएको सोधे । वरपरका बासिन्दा मिलेर बल्लतल्ल आगो निभाए । धन्न कुनै क्षति पुगेन ।
गर्मी मौसममा हिजोआज जिल्लाका धेरै ठाउँमा आगोलागीका घटना भइरहको छन् । कतिपय बन्यजन्तु र महत्वपूणर् जडिबुटी जलेर स्वाहा भएका छन् । पानीका स्रोत सुक्दै गएका कारण नगरवासीमा खानेपानीको चपेटामा परेका छन् ।
जुनसुकै विपत्तिका यस्ता घटनामा आफ्ना नागरिकलाई जोगाउनु नगरपालिकको पहिलो कर्तव्य हुन्छ नै । यसरी नागरिकबाटै सहयोग माग्दा अनि सूचना दिँदा समेत कानमा तेल हालेर बस्ने नगरपालिका र तिनका विपद् फोकल पर्सन कट्टेलहरुको कर्कशा सुन्न नगरवासीलाई फिटिक्कै चाहाना छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित