पत्रकारको सदस्यता बिवाद टुँग्याएर मात्रै साधारणसभाको मिति तोक्न युनियनको माग

पत्रकारको सदस्यता बिवाद टुँग्याएर मात्रै साधारणसभाको मिति तोक्न युनियनको माग

फरक पत्रिका

बुधबार, चैत्र २१ २०८०

पत्रकारको सदस्यता बिवाद टुँग्याएर मात्रै साधारणसभाको मिति तोक्न युनियनको माग

चौतारा । नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरुको टुँगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न माग गरेको छ । नयाँ आवेदन दिएका र पुराना सदस्यसमेत सबैको टुँगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गरेको छ । साथै युनियनले महासंले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुँग्याएर साधारणसभा र अधिवेशन गर्न माग गर्दै बुधवार पत्रकार महासंघ जिल्ल शाखामा ज्ञापनपत्र बुझाएको हो । महासंघका अध्यक्ष जिवनप्रसाद श्रेष्ठसँग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।
‘जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, पारिश्रमिकको नियमित भुक्तानी, पेशागत सुरक्षा, सामानिक सुरक्षाको ध्यान दिन पनि अनुरोध गर्दछौं’-ज्ञापनपत्रमा भनिएको छ ‘पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको सदस्यता टुंगो नलगाई अधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन अनुरोध छ ।’
महासंघले गरेको सदस्यता शुद्धिकरण अभियानले अहिले पूणर्ता पाएको छैन । सिन्धुपाल्चोक शाखाको हकमा पुरानो सदस्य को रहने, को नरहने भन्ने अझै अन्योल छ । नयाँ सदस्यताको पनि उस्तै अवस्था रहेको छ । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेकाहरुले पछिल्लो १० वर्षदेखि सदस्यता पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित