सिन्धुपाल्चाेक । आउँदाे चेैत २६ बाट सुरू हुने सिन्धुपाल्चोक जिल्ला छनोट प्रतियोगितामा ११ वटा क्लबले सहभागिता जनाउने भएका छन्।
नकआउटका आधारमा खेलाइने खेल वसन्तपुर खेल मैदान लामाेसाँघुमा हुनेछ ।
जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार प्रतियोगितामा मितेरी युवा क्लब (तातोपानी), सुनखानी युवा क्लब (भोटेकोशी), गाती युवा क्लब (गाती–६ बाह्रबिसे, शिखर युवा क्लब (लिसंखुपाखर), यूथ स्पोर्ट्स क्लब (लामोसाँघु) र सुनकोशी स्पोर्ट्स क्लब (सुनकोशी–७) सहभागी हुने छन्।
यस्तै, सिन्धुपाल्चोक फुटबल क्लब, अँधेरी युवा क्लब, श्री नवप्रतिभा युवा क्लब (बलेफी–५), खुर्सानीबारी युवा क्लब (बाह्रबिसे–३) र लिसंखुपाखर यूथ क्लब (ठूलो पाखर)पनि छनोट प्रतियोगितामा सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए।
छनोट प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले अर्को वर्ष आयोजना हुने जिल्ला लिगमा सहभागिता जनाउन पाउने छन्।