आयरल्याण्ड वुल्भ्ससँग आज नेपालले पहिलो एकदिवसीय खेल्ने

आयरल्याण्ड वुल्भ्ससँग आज नेपालले पहिलो एकदिवसीय खेल्ने

फरक पत्रिका

बुधबार, चैत्र २१ २०८०

आयरल्याण्ड वुल्भ्ससँग आज नेपालले पहिलो एकदिवसीय खेल्ने

आयरल्याण्ड वुल्भ्ससँग आज नेपालका ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ।

त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ।

त्रिवि मैदानमै भएको टी(२० सिरिजमा नेपाल १(२ ले पराजित भएको थियो।

टी(२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्।

सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम खेल चैत २५ गते हुनेछ।

नेपाल ‘ए’को एकदिवसीय टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।

टिममा भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित