सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

फरक पत्रिका

सोमबार, चैत्र १९ २०८०

सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख ३१ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख ३० हजार ९५० मा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार  छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र  तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदी तोलामा १० रूपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार १ हजार ५३५ मा कारोबार भइरहेको छ । आइतबार एक हजार ५२५ मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित