सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका १ नं वडा कार्यालयको भवन शिलान्यास भएको छ । शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापाले एक साथ भवनको शिलान्यास गरे ।
असार मसान्त भित्र ८१ लाख ५६ हजार ४ सय ६९ रुपैया ३९ पैसा लागतमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएकाे हाे ।यस वडा कार्यालय भवनको निर्माणको काम असार मसान्त भित्र इस्टिमेट अनुसार सम्पन्न गर्नेगरी सुभारम्भ ईन्जिनियरिङ कन्सट्रक्सन एण्ड कन्सलटेन्ट प्रा।ली सँग सम्झौता भएको छ ।
१२ सय स्क्वायर फिटमा २ तले भवन निर्माण हुन लागेको हो । साविक वडा कार्यालय रहेकै जग्गामा नया भवन निर्माण हुन लागेको वडाअध्यक्ष युवलाल श्रेष्ठले जानकारी दिए ।
त्यस अवसरमा नगरप्रमुख सापकोटाले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताए । निर्माण व्यवसायीलाई गुणस्तरीय सहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उपप्रमुख सीता थापाले बताईन् ।
भवन निमार्णको लागि उपयुक्त स्थानको विवादले लामो समयदेखि यहाँ वडा कार्यालयको आफ्नै भवन निमार्ण हुन सकिरहेको थिएन ।