मेलम्चीको डडुवामा सामुदायिक भवन शिलान्यास

मेलम्चीको डडुवामा सामुदायिक भवन शिलान्यास

फरक पत्रिका

बिहिबार, चैत्र १५ २०८०

मेलम्चीको डडुवामा सामुदायिक भवन शिलान्यास

मेलम्ची । मेलम्ची -११ डडुवा स्थित डढुवा पुछारटोल बहुआयमिक सामुदायिक भवनकाे शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान र वडा अध्यक्ष चन्द्रबहादुर तामाङले भवनको शिलान्यास गरे ।
एक तल्ले भवन असार १५ सम्म सम्पन्न गरिने भवन निर्माण संचालन समितिका अध्यक्ष कालू तामाङले जानकारी दिए। मेलम्ची नगरपालिकाको ५० लाख बजेटमा उक्त सामुदायिक भवन निर्माण गर्न लागिएको हो । कार्यक्रममा उप प्रमुख उमा प्रधानले हरेक वडामा नगरपालिकाले बहु- आयमिक सामुदायिक भवन निर्माण गर्ने लक्ष्य लिएको र धेरैमा निर्माण भै रहेको र केही सम्पन्न भएको बताइन् । वडा अध्यक्ष तामाङले सामुदायिक भवन बनेपछि स्थानीयलाई सहज हुने विश्वास ब्यक्त गरे । भवनबाट ५४ घरधुरी लाभान्वित हुने स्थानीय योङ लामाले जानकारी दिए ।कार्यक्रममा पूर्व वडा अध्यक्ष रुद्रप्रसाद दुलाल, कार्यपालिका सदस्य दिनेश घले, वडा सदस्यहरु रेवतीरमण दुलाल, प्रतिमा धिताल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित