हेलम्बुमा तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुँदै

हेलम्बुमा तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुँदै

फरक पत्रिका

मंगलबार, चैत्र १३ २०८०

हेलम्बुमा तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुँदै

सिन्धुपाल्चोक । हेलम्बुमा तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएकाे छ । २५०० मिटरकाे उचाईमा प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता गरिन लागिएकाे हाे ।
हेलम्बु गाउँपालिकाले खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सर्वाधिकपुरस्कार राशिको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता २०८०काे आयाेजना गरिएकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।’ यही चैत २३ गतेदेखि चैत ३० गतेसम्म (मिति २०८० चैत २३ गतेदेखि २६ गतेसम्म पुरुष र मिति २०८० चैत २७ गतेदेखि ३० गतेसम्म महिला) हेलम्बुकाे सेरमाथानमा आयोजना गर्न लागिएकाे उनले बताए ।
प्रतियोगितामा प्रदेशका स्थानीय तहबाट पुरुष र महिला टिमहरुलाई सहभागी गराई दिन गाउँपालिकाले अनुराेध गरेकाे छ ।

यस्ताे छ पुरस्कार राशी
• प्रथम पुरस्कार नगद रु. ३,००,०००/- (पुरुष), रु. ३,००,०००/- (महिला), ट्रफी, मेडल र प्रमाण-पत्र
• द्वितीय पुरस्कार नगद रु. १,५०,०००/- (पुरुष), रु. १,५०,०००/- (महिला), ट्रफी, मेडल र प्रमाण-पत्र
• तृतीय पुरस्कार नगद रु. ७५,०००/- (पुरुष), रु. ७५,०००/- (महिला), ट्रफी, मेडल र प्रमाण-पत्र
उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण-पत्र

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित