प्रलोभनमा पारेर विवाह गरी भारतमा श्रीमती बेच्न खोज्दा युवक पक्राउ

प्रलोभनमा पारेर विवाह गरी भारतमा श्रीमती बेच्न खोज्दा युवक पक्राउ

फरक पत्रिका

शुक्रबार, चैत्र ९ २०८०

प्रलोभनमा पारेर विवाह गरी भारतमा श्रीमती बेच्न खोज्दा युवक पक्राउ

काठमाडौं । बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाएर बिहे गरी भारत लगेर युवती बेच्न खोजेको आरोपमा एकजना पक्राृउ परेका छन् । नवलपरासी कावासेती नगरपालिका–८ ठेगाना भई कास्की पोखरा महानगरपालिका(६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका–१७ दुधपाटीबाट पक्राउ गरेको हो ।

क्षेत्रीले आफू अविवाहित रहेको भनी युवतीलाई झुक्याएका थिए । उनले पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेको प्रहरीले जनाएको छ । मृगौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगि आफ्नै साथीलाई देखाई झुक्यानमा पारेको, उपचारको लागि ७० लाख भन्दा बढि पैसा जम्मा गरेको भनी झुठो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको तथा उपचारको व्यवस्था मिलाउन भनी झुठो बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले नेपालको सीमा नजिक भारतको बजारसम्म लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित