बहराइनविरुद्ध नेपालका चार खेलाडीको डेब्यु

बहराइनविरुद्ध नेपालका चार खेलाडीको डेब्यु

फरक पत्रिका

शुक्रबार, चैत्र ९ २०८०

बहराइनविरुद्ध नेपालका चार खेलाडीको डेब्यु

काठमाडौं । बहराइनविरुद्धको खेलमार्फत नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । अभिषेक लिम्बु, सौभाग्य राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् । सौभाग्यबाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए र पहिलो टुरमै डेब्यु गर्ने अवसर पाए ।

जसमा युवा डिफेण्डर अभिषेक लिम्बुले पहिलो रोजाईँमै खेल्दै डेब्यु गरे । यस्तै सौभाग्य राई हाफ टाइममा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । युवा फरवार्ड समिर ७९औं मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे । समिरले केही महिनाअघि घरेलु मैदानमा साफ यू१९ च्याम्पियनसि खेलेका थिए । तर समिरले धेरै समयम मैदानमा बिताउन भने पाएनन् ।

उनैलाई रिप्लेस गर्दै अर्का फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यु गरे । लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका भरत खवासले पनि ८८औं मिनेटमा मनिष डाँगीको स्थानमै मैदान प्रवेश गरेका थिए । यो खेलमा नेपाल ५–०ले पराजित भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित