काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्षउमेश कसजूसहित दुई जना सदस्यहरूले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । अध्यक्ष कसजु र सदस्य सुशील गुप्ता र शक्ति कुमार गाेल्याणले पदबाट राजीनामा दिएका हुन् ।
कार्यव्यस्ततालाई कारण देखाउँदै उनीहरूले राजीनामा दिएका हुन् । उनीहरूले दिएकाे राजीनामालाई
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ । साथै, रिक्त अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालक सदस्यमा योगेश दारुका र विदुर पुरीलाई नियुक्त समेत गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।
यसअघि दुई सदस्य सन्दीपकुमार शारदा र सुलभ अग्रवालले सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका थिए । शारदा र अग्रवालको ठाउँमा सञ्चालक समितिले राजेन्द्र तिमल्प नियुक्त गरिसकेको छ ।