काठमाडौं महानगरपालिकाले गर्‍यो ११ स्रोत शिक्षक नियुक्तिको सिफारिस

काठमाडौं महानगरपालिकाले गर्‍यो ११ स्रोत शिक्षक नियुक्तिको सिफारिस

फरक पत्रिका

सोमबार, मंसिर २५ २०८०

काठमाडौं महानगरपालिकाले गर्‍यो ११ स्रोत शिक्षक नियुक्तिको सिफारिस

काठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि नतिजा प्रकाशन गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सनिबार लिखित तथा प्रयोगात्मक परीक्षा र आइतबार भएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

 

स्रोत शिक्षक छनौट समितिले नियुक्तिका लागि सिफारिस समेत गरिसकेको छ । ११ स्रोत शिक्षक पदका लागि प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो । गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २र२ पदका लागि गरिएको विज्ञापनमा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक विषयमा ८ जनाले आवेदन परेको थियो ।

सिफारिसमा परेकाहरुको नामावली हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित