आइपीओ भर्दा खातामा रकम नभए तत्कालै आवेदन रद्द

आइपीओ भर्दा खातामा रकम नभए तत्कालै आवेदन रद्द

फरक पत्रिका

शनिबार, असोज १३ २०८०

आइपीओ भर्दा खातामा रकम नभए तत्कालै आवेदन रद्द

काठमाडौं अब सीडीएससीको एपीआई जडान गर्ने आश्वा सदस्यहरु बैंकहरुबाट आइपीओ भर्दा खातामा रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ। रकम नभए तत्काल प्रणालीले आवेदन रद्दको सूचना दिनेछ।

नेपाल धितोपत्र बोर्डले सीडीएससीको एपीआई कार्यविधि स्वीकृत गरेर सो सेवा दिन सहजीकरण गरेको हो। सीडीएससीले झन्डै एक वर्षअघि कार्यविधि अनुमोदन गर्न बोर्ड पठाएको थियो। जुन सीडीएससीको बोर्ड बैठकले पारित गरेर कार्यान्वयनमा लैजानेछ।

सीडीएससीले एपिआई जडान गर्ने कम्पनी अथवा सेवा प्रदायकबाट शुल्क समेत लिन पाउनेछ। केही समय अघि बोर्डले नेप्सेको तथ्यांक उपयोग कार्यविधि स्वीकृत गरेर एपीआई उपलब्ध गराउने निर्णय गरेको थियो।

सो एपीआई जडान गरे लगत्तै रियल टाइममा तथ्यांक उपलब्ध हुने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्यले बताए। उनका अनुसार ब्रोकरहरुको सेयर किनबेचदेखि भुक्तानी प्रदायक गर्ने वालेटहरुले पनि रियल टाइममा कारोबार विवरण उपलब्ध गराउन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित