सिद्धिकमलाका शिक्षक र विद्यार्थीहरु सम्मानित, एसइइ नतिजाले चुनौति थपेको शिक्षकको भनाइ

सिद्धिकमलाका शिक्षक र विद्यार्थीहरु सम्मानित, एसइइ नतिजाले चुनौति थपेको शिक्षकको भनाइ

फरक पत्रिका

बुधबार, जेष्ठ ६ २०८३

सिद्धिकमलाका शिक्षक र विद्यार्थीहरु सम्मानित, एसइइ नतिजाले चुनौति थपेको शिक्षकको भनाइ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडास्थित सिद्धिकमला देवी माविका शिक्षक तथा विद्यार्थीीहरु सम्मनित भएका छन् । विद्यालयले एक कार्यक्रम आयोजना गरि यसवर्ष कक्षा ८ को नगरस्तरीय परीक्षा र एसइइमा सहभागी विद्यार्थीहरु र शिक्षकलाई सम्मान गरेको हो ।
चालु शैक्षिक सत्रमा विद्यालयले नगरस्तरीय परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा शतप्रतिशत नतिजा निकालेको थियो । दुवै परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएको र नतिजा शतप्रतिशत निकाल्न मेहनत गरेका शिक्षकहरुलाई विद्यालयले प्रशंसासहित सम्मान गरेको हो । आज बुधबार विद्यालयमा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष हेमबहादुर तामाङले उनीहरुलाई सम्मान पत्र प्रदान गरे ।
नगरपालिकामा यो विद्यालय एसइइ नतिजा उत्कृट ल्याउनेमा दोस्रो भएको हो । मेलचौरको ज्ञानमन्दिर नमूना माविले पनि शतप्रतिशत नतिजा ल्याएको थियो । कार्यक्रममा वडाअध्यक्ष तामाङले सबैमा बधाइ ज्ञापन गरे । उनले शैक्षिक गसणस्तर अझै बढाएर विद्यालय देशकै नमूना बनाउनुपर्नेमा जोड दिए । वडासदस्य मनकुमारी चुवानले यो विद्यालयमा अध्ययन गरेकाहरु सरकारी तथा गैरसरकारी निकायका उच्च ओहोदामा पुग्न सफल भएको उदाहरण दिदैं अभिभावक विद्यालयप्रति जिम्मेवार हुन आग्रह गरिन् । अहिलेको नतिजा अबका वर्षहरुमा पनि हुनुपर्ने बताउँदै उनले विद्यार्थी र शिक्षकको त्याग, मेहनत अनि परिश्रमले विद्यालय शतप्रतिशत नतिजा ल्याउन सफल भएको बताइन् ।
छिमेकी गिदानेस्थित विद्यालयलका प्रधानाध्यापक संजीवकुमार सापकोटाले विद्यालयको सफलताका लागि सिंगो समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । अहिलेको नतिजाले नगरभरि विद्यालयको चर्चा भएको बताउँदै सापकोटालेअझै सुध्रनुपर्ने र नयाँ भिजनबाट अध्यापनको जरुरी रहेको बताए । कार्यक्रममा प्रधानाध्यापक दिलकुमार सापकोटाले शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भ्रमिकाबारे चर्चा गरे ।उनले शैक्षिक गुणस्तरका लागि सरोकारवाला, शिक्षक, विद्यार्थी, अभिभावकको भूमिकाबारे परिचर्चा गरेका थिए । उपप्रधानाध्यापक राजेश सापकोटाले यो नतिजा आफूहरुका लागि चुनौति रहेकाले आगामी वर्षहरुमा यसको साख जोगाउनका लागि अझै मेहनत गर्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित