काठमाडौं । काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुलीले एक व्यक्तिसँग २३ लाख रुपैयाँ लिए ग्रिस पठाइदिन्छु भन्दै । जब उनको हातमा पैसा पर्यो अनि उनी हराए । पैसा दिने व्यक्ति यता न उता परे । पैसा लिएपछि बेखबर बनेका पराजुली कतै नभेटिएपछि पसा दिने व्यक्ति आफू ठगीमा परेको चाल पाए । अनि उनले पराजुलीविरुद्ध प्रहरीसमक्ष उजुरी गरे ।
उस्तै घटना अर्काे पनि छ त्यो भने ३ लाख रुपैयाँ लिएर यूएई पठाइदिन्छु भन्दै फरार भका व्यक्ति हुन् । पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला ।
उनीहरु दुवैविरुद्ध उजुरी परेपछि प्रहरीले खोजतलास गरेको थियो । र, उनीहरु पक्राउ पनि परे ।वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीकाअनुसार पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै तीन लाख रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।
दुवै जनलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।