जब प्रहरीले सिन्धुपाल्चोक इन्द्रावतीका राजुको साथमा डेढ किलो चाँदी भेट्यो

जब प्रहरीले सिन्धुपाल्चोक इन्द्रावतीका राजुको साथमा डेढ किलो चाँदी भेट्यो

फरक पत्रिका

मंगलबार, बैशाख २९ २०८३

जब प्रहरीले सिन्धुपाल्चोक इन्द्रावतीका राजुको साथमा डेढ किलो चाँदी भेट्यो

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीबाट करिब १ किलो ५ सय ७७ ग्राम तौलको चाँदी जस्तो देखिने धातु सहित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ पुलबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका ३२ वर्षीय राजु स्वेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ४३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी चालक राजुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित