स्कटल्याण्डसँग २ रनले पराजित भयो नेपाल

स्कटल्याण्डसँग २ रनले पराजित भयो नेपाल

फरक पत्रिका

मंगलबार, बैशाख २९ २०८३

स्कटल्याण्डसँग २ रनले पराजित भयो नेपाल

काठमाडौं। स्कटल्याण्डसँग नेपाल र्२ रनले पराजित भएको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत सम्पन्न खेलमा स्कटल्याण्डले नेपाललाई २ रनले हराएको हो।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो। डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्रै बनायो। अन्तिममा गुल्सन झाले नेपाललाई जित उन्मुख बनाउने प्रयास गरे तर नेपालको हार टार्न सकेनन्। उनी ३५ बलमा ६१ रनमा अविजित रहे। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए। करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर स्कटल्याण्डले पहिले ब्याटिङ थालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित