सार्वजनिक बसका यात्रुलाई लुटेपछि समातिए लिसंखुपाखरका विक

सार्वजनिक बसका यात्रुलाई लुटेपछि समातिए लिसंखुपाखरका विक

फरक पत्रिका

शुक्रबार, जेष्ठ १ २०८३

सार्वजनिक बसका यात्रुलाई लुटेपछि समातिए लिसंखुपाखरका विक

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मितेरी पुल बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भएका ४१ वर्षीय पुर्ण बहादुर विक र २८ वर्षीय सुकमान गदार रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कदेखि सार्बजनिक यातायात चढी बसुन्धारातर्फ जाने क्रममा अपरिचित व्यक्तिहरूको समूहले एक जना व्यक्तिको नगद ४५ हजार रूपैयाँ चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसरकाठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित