सिन्धुपाल्चोकका लागि पर्याप्त आयो डिजेल र पेट्रोल

सिन्धुपाल्चोकका लागि पर्याप्त आयो डिजेल र पेट्रोल

फरक पत्रिका

बिहिबार, असार १८ २०८३

सिन्धुपाल्चोकका लागि पर्याप्त आयो डिजेल र पेट्रोल

काठमाडौं । विक्री मूल्यमा हेरफेर भएसँगै उपभोक्ताले आवश्यकअनुसार नपाइरहेको अवस्थामा सिन्धुपाल्चोकका पम्पहरुका लागि जिल्लालाई पर्याप्त हुने तेल ल्याइएको छ । बुधबार सिन्धुपाल्चोकसहितका केही जिल्लाका पम्पहरुले माग गरेबमोजिम तेल ल्याएका हुन् ।
आयल निगमको थानकोट डिपोबाट बुधबार पेट्रोल पम्पहरूले नियमित माग परिमाणअनुसार नै तेल उठाएका छन् । यो डिपोले काठमाडौं उपत्यकासहित नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पठाउने गरेको छ । इन्धन बिक्री गर्ने पम्पहरूले १३ लाख ६ हजार लिटर पेट्रोल र १२ लाख ७४ हजार लिटर डिजेल उठाएको डिपो प्रमुख जगदीश यादवले जानकारी दिए ।
यससँगै अब जिल्लामा तेलको अभाव नहुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित