लागूऔषधसहित सिन्धुपाल्चोकका दुई युवा पक्राउ

लागूऔषधसहित सिन्धुपाल्चोकका दुई युवा पक्राउ

फरक पत्रिका

मंगलबार, बैशाख १५ २०८३

लागूऔषधसहित सिन्धुपाल्चोकका दुई युवा पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका(४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका(६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित