जब डलर साटीदिने भन्दै बाह्रविसेका एक युवा ३ लाख १० हजार लिएर हराए

जब डलर साटीदिने भन्दै बाह्रविसेका एक युवा ३ लाख १० हजार लिएर हराए

फरक पत्रिका

मंगलबार, बैशाख १५ २०८३

जब डलर साटीदिने भन्दै बाह्रविसेका एक युवा ३ लाख १० हजार लिएर हराए

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर सट्टा गरिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर नगरपालिका ८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपलिका(३ घर भएका ३८ वर्षीय सञ्जयबहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका ४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भनि प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपलिका ४ महाराजगंजबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित