सिन्धुपाल्चोक ।
३५७३ जनाको मृत्यु
पाँच सय ४६ विद्यालय भवन सवैजसो क्षतिग्रस्त
२७ शिक्षक कर्मचारीको मृत्यु
एक स्वास्थ्यकर्मी र पाँच स्वास्थ्य स्वयम् सेविकाको मृत्यु
६६ स्वास्थ्य संस्था पूर्ण क्षतिग्रस्त
कम्तिमा ६३ हजार घुरी धस्त
सात आयोजनाको ७२ मेगावाट विद्युत उत्पादन बन्द
तातोपानी, लिस्ती, फुलपिङकट्टी, घोर्थली, गोल्चे, गुम्बा, पाङताङ, बरुवा, भोताङकासहित २० गाविसका बस्तीहरु बढी खतरामा
सदरमुकाम र बाहिरका सवैजसो सरकारी कार्यालय ध्वस्त
सदरमुकामसहित अरनिको राजमार्ग क्षेत्रका सवै बजार ध्वस्त
प्रहरी युनिटहरु पालमुनी
भुकम्प गएको १० वर्ष बित्यो । सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७३ को मृत्यु भयो । भुकम्पबाट सयौं घाईते भए । व्यक्तिगत घर, विद्यालय, स्वास्थ्य तथा प्रहरी चौकी, विद्युत गृहहरु लगभग ध्वस्त बने । जिल्लाका सात आयोजनाबाट करिव ७२ मेगावाट विद्याुत उत्पादन ठप्प बन्यो । जिल्लाका सरकारी कार्यालय सवै भत्केपछि सेवाग्राही मर्कामापरे । सदरमुकाम अस्तव्यस्त बन्यो । कतिपय बस्तीहरुमा पहिरो चल्यो । जमिन चिरा परेकाले २० भन्दा बढी गाविसका बस्तीहरु अन्यत्र सार्नुपर्ने अवस्था आयो ।
करिव ७० हजार धुरी रहेकोमा बजार क्षेत्रका केही पक्की बाहेक झण्डै शतप्रतिशत घरहरु भत्के । आंशिक क्षति भएका घरहरु बस्न नहुने अवस्था भए । भुकम्पले लेकाली बस्तीहरु भोताङ, गुन्सा, बरुवा, हगाम, गोल्चे, गुम्वा, लिस्ती, तातोपानी, मार्मिन, गाती, घोर्थलीलगायतका गाउँहरु पहिरोले बढी जोखिममा परे । तिब्बती सिमानासँग जोडिएका हिमाली गाउहरुमा पहिरो चलेकाले बस्तीहरु पुरिएर धनजनको ठूलो क्षति भए । अधिकांश महिला, बालबालिका र वृद्धवृद्धाको घरले पुरेर मृत्यु भयो । प्रहरीका अनुसार मृतक मध्ये करिव ५७ प्रतिशत महिला छन् ।
शैक्षिक र स्वास्थ्य संस्था
जिल्लामा पाँच सय ५७ सामुदायिक विद्यालय मध्ये तीन अधिकांश भत्किए । गुम्बा, बरुवा, गोल्चे, हगाम, वासखर्क, भोताङ, गुन्सा, हेलम्बु, इचोक, घोर्थली जस्ता गाउमा विद्यालयको नामोनिसाना रहेन । ६६ वटा स्वास्थ्य सस्था पूर्ण रुपमा क्षति भएको छ । ११ वटा आंशिक क्षति भएको छ ।
मध्य भेगमा मानविय क्षति बढी
सवै भन्दा बढी मानविय क्षति निर्वाचन क्षेत्र नं २ को मध्य भेगमा भयो । सवै भन्दा कम मानविय क्षति पूर्वी भेगमा भएको थियो । मध्य क्षेत्रको भीमटार, सिपापोखरे, साँगाचोक, कुञ्चोक, चौतारालगायतमा सवै भन्दा बढी भौतिक र मानविय क्षति भएको हो । बाह्रविसे, मेलम्ची, चौतारा, नवलपुर सीपाघाट, लामोसाँघुलगायत राजमार्गका बजारहरु करिव–करिव ध्वस्त बने । चौताराका धेरै घर भत्के । खासगरी ढुंगामाटोले बनेका घरहरु सवैजासे भत्केका हुन् । कतिपय गाउँमा कुनै पनि घर सक्लो छैनन् । बाहिरबाट ठाडै देखिएपनि भित्रीभागमा भत्किसकेका भेटिन्थे । १२, १३ र २९ गतेको भुकम्पको ठूला धक्काले सवै भन्दा बढी क्षति पुड्डयाएको हो । पक्की भवनहरु भने धेरैजसो २९ गते भत्केका थिए ।
सडक, विद्यालय, धार्मिक तथा ऐतिहासिक स्थल, सार्वजनिक भवनहरु, पुललगायतका भौतिक संरचनाको सामान्य पुननिर्माणबाट पहिलेकै अवस्थामा दुरुस्त बनाउन सक्ने अवस्था थिएन । जिल्लाका राजमार्गहरु पहिरोले पुरिएका थिए भने चिराचिरा भएर फाटेको केही सडकको अवस्था देख्दा मुटु काँप्थ्यो । हेलम्बु, अरनिको र जिरी राजमार्गहरु क्षतविक्षत भए । गाउँका सडकहरुको अवस्था पनि त्यस्तै थिए । भुकम्प गएको १२ दिनपछि अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड सडक एकतर्फी .सञ्चालनमा ल्याईएको थियो । सडक विभाग र तिब्बतको खासा प्रशासनको सहयोगमा सडक सुचारु गरेपनि सर्वसाधारणले सीमा क्षेत्र असुरक्षित मान्दै आएका थिए ।
विद्युत
जिल्लाभर करिव ७२ मेगावाटका आयोजनाको उत्पादन बन्द भयो । ती आयोजनाहरुको करोडौं रुपैंयाँ बराबरको नोक्सानी भएको थियो । उत्पादन दिईरहेको ४५ मेगावाटको भोटेकोसी, १० दशमलव पाँच मेगावाटको सुनकोसी, छ दशमलव पाँच मेगावाटको पुरानो चाकु, तीन दशमलव पाँच मेगावाटको भैरवकुण्ड, तीन दशमलव दुई मेगावाटको बराम्ची, तीन मेगावाटको सुनकोसी, एक मेगावाटको माथिल्लो हाँडिखोलालगायतका आयोजनाहरुको उत्पादन बन्द भएको थियो । इन्द्रावती तेस्रोमा सामान्य क्षति पुगेको थियो । सवै भन्दा बढी क्षति भोटेकोसीमा पुगेको थियो । १० दशमलव पाँच मेगावाटको सुनकोसीको नहर फुटेकाले मर्मत गरिएको थियो । निर्माणाधिन १ सय २ मेगावाटको मध्यभाटेकोसी, २२ मेगावाटको अपर चाकुको प्रवेश सडक तथा टनेललाई क्षति पुगेको छ । पुरानो चाकु, भैरवकुण्ड, एनआरएनको लगानी रहेको सुनकोसीलगायत जिल्लाका सवै विद्युत आयोजनामा क्षति पुगेको छ ।
ढुंगा, माटोका घर बढी ध्वस्त
भुकम्पले माटोका घरहरु पुरै ध्वस्त भएका छन् । माझी, दनुवारको वाहुल्यता रहको भीमटार गाविसका सवै आठ सय घर पुरै ध्वस्त भयो । यो उदाहरण मात्र हो । जिल्लाको सवै बस्तीको अवस्था उस्तै छ । मेलम्ची, बाह्रविसे र लामोसाँघुलगायतका बजार क्षेत्रका कच्ची घरहरु भत्के । जिल्लाका २३ प्रहरी कार्यालयहरु सवै भत्के । तिपेनी, मानेखर्क, मेलम्ची, ठोकर्पा, भोटेचौर, नवलपुर, मेलम्ची, बाह्रविसे, लार्चा, पिस्कर, ठूलोपाखर, जलविरे, बलेफि, लामोसाँघुलगायतका चौकी भत्केका थिए । नवलपुर, जलविरे, पिस्कर र मेलम्चीको नयाँ भवन पनि भत्केको हो ।