दोस्रो टी–२० सिरिज : भुर्तेल र सन्दीप चम्किँदा यसरी जित्यो नेपालले यूएईलाई

दोस्रो टी–२० सिरिज : भुर्तेल र सन्दीप चम्किँदा यसरी जित्यो नेपालले यूएईलाई

फरक पत्रिका

मंगलबार, बैशाख ८ २०८३

दोस्रो टी–२० सिरिज : भुर्तेल र सन्दीप चम्किँदा यसरी जित्यो नेपालले यूएईलाई

काठमाडौं । दोस्रो टी–२० मा युएईले नेपाललाई दिएको १२८ रनको लक्ष्य १५.५ ओभरमै भेट्टाएपछि नेपालले जित निकालेको छ । ८ विकेटले नेपालले यूएइलाई पाखा लगाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनायो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जित निकालेसँगै दुई खेलको टी(२० सिरिज १(१ को बराबरीमा सकिएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालमाथि युएईले ६ विकेटको जित निकालेको थियो।
ओपनर कुशल भुर्तेलको अर्धशतकीय पारी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै टीम वर्क जितका लागि बाटो बन्यो । भुर्तेलले ५७ बल खेल्दै ८४ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै लामिछानेले चार ओभरमा एक मेडनसहित छ रन खर्चिदा तीन विकेट लिन सफल भए।
नेपालका ओपनर कुशल मल्लले एक चौका र दुई छक्कासँगै १७ बल खेलेर १९ रन जोडे ने कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बल खेल्दै ३ रन जोडे । सन्तोष यादव चार बल खेलेर एक रनमै पभेलियन फर्किए । भुर्तेल र ऐरी क्रिजमै रहँदा नेपालले जित निकालेको हो ।
मल्लको विकेट माहेम्मद वासिमले लिए भने यादव रन आउट भएका हुन् ।
युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रार गरे। उनले नटआउट ५३ रन बनाउने क्रममा ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
ओपनर तथा कप्तान मोहमद वासीमलाई हेमन्त धामीले रोयल डक गरेका थिए। त्यसपछि अलिशन सराफु १ रन र हरप्रित सिंह पनि १ रनमा आउट भए।
सोहब खान र निलान्स केन्वानी पनि डकआउट भएपछि नेपाल हाबी भयो। अदीप उस्मानीले २२ बलमा ३० रन जोडे।
युएई आठ ओभर चल्दै गर्दा ६–४८ को अवस्थामा थियो। त्यसपछि अक्षदीप नाथ र मोहमद अर्फानबीच सातौं विकेटका लागि ६४ रनको साझेदारी भयो।
अर्फान १९ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट समातिए। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। लगत्तैको बलमा खुजैमा तन्विरलाई उसैगरी सन्दीपले ऐरीबाट शून्यमा क्याच गराए।
हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलामको नाममा १–१ विकेट रह्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित