पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक

फरक पत्रिका

शनिबार, चैत्र २१ २०८२

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष नेपाल प्रेस युनियनका सल्लाहकार तारानाथ दाहाललाई पितृशोक परेको छ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर–बगुवा गाउँका तारानाथका पिता केदारनाथ दाहालको ९५ वर्ष उमेरमा निधन भएको हो ।
उनले हिजो साँझ शान्तिपूर्वक देहत्याग गरेको परिवारले जनाएको छ। केदारनाथको तारानाथसहित, इंद्र प्रसाद दाहाल, ईन्द्रमणि दाहाल, बद्रीप्रसाद दाहाल र नुन प्रसाद दाहाल छोरा छन् ।

जीवनभर देश, समाज र परिवारप्रति समर्पित रहनुभएका स्व दाहालले आफ्ना सन्तानलाई राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै समाजसेवामा लाग्न प्रेरणा दिएका थिए। उनको निधनले परिवारमा ठूलो शोक परेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित