भोलि शनिबार सिन्धुपाल्चोकमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

भोलि शनिबार सिन्धुपाल्चोकमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

फरक पत्रिका

शुक्रबार, फाल्गुन २९ २०८२

भोलि शनिबार सिन्धुपाल्चोकमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । शनिबार सिन्धुपाल्चोकसहित केही हिमाली जिल्लामा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
शनिबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भाग लगायत बाँकी प्रदेशको हिमाली भू(भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।

शनिबार राति देशको हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू(भागका थोरै स्थानहरूमा तथा पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित