धादिङमा बस दुर्घटना : १७ जनाको घटनास्थलमै मृत्यु

धादिङमा बस दुर्घटना : १७ जनाको घटनास्थलमै मृत्यु

फरक पत्रिका

सोमबार, फाल्गुन ११ २०८२

धादिङमा बस दुर्घटना : १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो । बस राति सवा १ बजे दुर्घटनामा परेको थियो ।
१७ जनाको घटनास्थलमै मृत्यु भएको, २३ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।
शव अहिले दुर्घटनास्थलभन्दा बाहिर निकालिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अस्पताल पठाइएका घाइतेमध्ये केहीको अवस्था गम्भीर  छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित