दीपेन्द्रसिंह ऐरीको टी २० वरीयतामा सुधार, नेपाली खेलाडी को कति वरीयतामा ?

दीपेन्द्रसिंह ऐरीको टी २० वरीयतामा सुधार, नेपाली खेलाडी को कति वरीयतामा ?

फरक पत्रिका

बुधबार, फाल्गुन ६ २०८२

दीपेन्द्रसिंह ऐरीको टी २० वरीयतामा सुधार, नेपाली खेलाडी को कति वरीयतामा ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी २० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा सुधार आएको छ । यसअघि छैटौं स्थानमा रहेका उनी अहिले दुई स्थान माथि उक्लेर चौंथोमा आइपुगेका छन् ।

जारी टी(२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीको वरीयता दुई स्थान सुधार भएको हो ।

सो सूचीको शीर्ष स्थानमा भने एक स्थान सुधार गर्दै पाकिस्तानका श्याम अय्युब पुगेका छन् । यसअघि पहिलो स्थानमा रहेका जिम्बाब्बेका सिकन्दर रजा दोस्रो स्थानमा पुगेका छन् । तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत छन् । ऐरीसँग समान रेटिङसहित अफगानिस्तानका अजमतुल्लाह उमरजाई भने उनीभन्दा पछि छन् ।

अलराउन्डरतर्फको २२औँ स्थानमा नेपालका कुशल भुर्तेल छन् भने समान रोहित पौडेल पनि ४०औँ स्थानभित्र छन् । त्यस्तै ७२औँ स्थानमा नेपालका गुल्शन झा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित