बनेपा दुर्घटना: एकको मृत्युपछि आक्रोशित भिडले जलाए टिपर (भिडियो)

बनेपा दुर्घटना: एकको मृत्युपछि आक्रोशित भिडले जलाए टिपर (भिडियो)

फरक पत्रिका

बुधबार, फाल्गुन ६ २०८२

बनेपा दुर्घटना: एकको मृत्युपछि आक्रोशित भिडले जलाए टिपर (भिडियो)

बनेपा । अरनिको राजमार्गस्थित काभ्रेको बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपा बजारमा भएको घटनापछि आक्रोशित भीडले टिपर जलाएका छन् ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२(०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।
बनेपाको दुरसञ्चार नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । एक जना घाइते छन् । अहिले बनेपा बजार तनावग्रस्त छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित