टि २० विश्वकप वार्म अप : ६ विकेटले क्यानडामाथि नेपालको जित

टि २० विश्वकप वार्म अप : ६ विकेटले क्यानडामाथि नेपालको जित

फरक पत्रिका

बिहिबार, माघ २३ २०८२

टि २० विश्वकप वार्म अप : ६ विकेटले क्यानडामाथि नेपालको जित

काठमाडौं ।  टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ।

बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य हासिल गरेको हो।

चार विकेटको क्षतिमा उक्त लक्ष्य प्राप्त गरेको हो।

ओपनर आशिफ शेखले ५८ रन, सन्दिप जोराले ४४ रन र गुल्शन झाले ३१ रन बनाएका थिए। कुशल भुर्तेलले १२ रन र दीपेन्द्र सिंह ऐरी ९ रन बनाएका थिए।

पहिलो इनिङ्समा क्यानडाका लागि नभनित धलिवालले ४१ रन, श्रेयस मोभ्भाले ३८ रन, कनववारपल तथागुरले २५ रन र निकोलस किर्टनले १० रन बनाएका थिए।

नेपालका लागि सन्दिप लामिछाने, कुशल भुर्तेलले दुई-दुई विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले एक-एक विकेट लिएका थिए।

यसअघि युएईविरूद्ध भएको अभ्यास खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको हो।

अब नेपालले आइतबार विश्वकपको पहिलो खेल इंग्ल्यान्डविरूद्ध खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित