सिन्धुपाल्चोकमा दुई फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोकमा दुई फरार अभियुक्त पक्राउ

फरक पत्रिका

बुधबार, माघ २२ २०८२

सिन्धुपाल्चोकमा दुई फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । बुधबार हातहतियार तथा खरखजाना र ज्यान मार्ने उद्योगबाट कुटपिटमा परिणत मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका २ का डुकबहादुर थापा र पाँचपोखरी थाङपाल गाउँपालिका ८ का पदम लामा रहेको कार्यालयका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिए । उनका अनुसार थापा हातहतियार तथा खरखजाना र लामा ज्यान मार्ने उद्योगबाट कुटपिटमा परिणत मुद्धाका अभियुक्त हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको हो ।
अदालतले थापालाई ११ महिना १० को कैद सजाय सुनाएको थियो भने लामालाई एक महिना पाँच दिन र पाँच हजार नगद जरिवाना तोकेको छ । पक्राउ परेकाहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित