वंशलालको चुनावी अभियान पाँचपोखरीबाट, तपाईंको गाउँमा कहिले आउँछन् ?

वंशलालको चुनावी अभियान पाँचपोखरीबाट, तपाईंको गाउँमा कहिले आउँछन् ?

फरक पत्रिका

सोमबार, माघ २० २०८२

वंशलालको चुनावी अभियान पाँचपोखरीबाट, तपाईंको गाउँमा कहिले आउँछन् ?

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको तर्फबाट आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दिएका नेता हुन् वंशलाल तामाङ । उम्मेदवारी दर्तापछि परिचयात्मक कार्यक्रम, भेटघाटमा व्यस्त रहेका वंशलाल अहिले घरदैलो अभियानमा केन्द्रीत छनु् ।

उनले पाँचपोखरीबाट घरदैलो सुरुआत गरेका थिए । चुनावी सभा तथा प्रचारअघि घरदैलो केन्द्रीत रहेका नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तपाईंके गाउँमा कहिले आउँछन् ? हेनुहोस यस्तो छ तालिका  ।

वंशलालले १७ माघबाट घरदैलो अयिानलाई तीव्रता दिएका हुन् । दुई दिन पाँचपोखरी रहने कार्यक्रम रहेको उनी त्यसपछि हेलम्बु छिर्नेछन् । उनले अहिले पाँचपोखरीमा आफ्नो अभियान सकेका छन् । पाँचपोखरीका टोल टोल पुगेका वंशलाललाई स्थानीयले भव्य स्वागत गरेका  थिए । उनीसँगै पूर्व मन्त्री विष्णुविक्रम थापा, पूर्व प्रदेश मन्त्री निमा लामा, कृष्णकुमार तामाङ, क्षेत्रीय अध्यक्ष आइतमान तामाङ, नेता भूपेन्द्र थापा, भरत खड्कालगायतका नेताहरु अहिले साथमै छन् । साथै उनीसँग पालिका कमिटिीका पदाधिकारी, इकाई कमिटीका पदाधिकारी, विभिन्न भ्रातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारीलगायत सदस्य र शुभचिन्तकहरु रहेका छन् ।

तीन दिन हेलम्बुलाई छुट्याएका वंशलाल माघ २३ सम्म पर्यटकीय गाउँ हेलम्बुमै हुनेछन् । हेलम्बुमा यहाँको ह्योल्मो संस्कृतिलाई नजिकबाट नियालेर त्यसको जगेर्ना तथा संरक्षणका लागि आफ्नो चुनावी घोषणामा उल्लेख गर्ने हेतु्ले उनी हेलम्बु पुगेका हुन् । यहाँको अन्य पर्यटकीय स्थानमासमेत उनी पुग्ने कार्यक्रम रहेको ।

नेता वंशलालको सिंगो टोली २४ गते चौतारा पुग्नेछ । २६ गतेसम्म चौतरा साँगाचोकगढी नगरपालिकाका विभिन्न टोलमा पुग्ने लक्ष्य उनले लिएका छन् । चौताराका जनताका समस्या, दुःखलाई अंकमाल गर्न र समाधानको बाटो पहिल्याउन उनी चौताराका गाउँ गाउँ पुग्न  लागेका हुन् ।

त्यस्तै इन्द्रावतीका लागि उनले माघ २७ र २८ गते दुई दिन छुट्याएका छन् । इन्द्रावती उनको गृह गाउँ हो । उनी इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । उनी अध्यक्ष एको बेला गरिएको विकास निर्माणको अनुगमन, पूर्वाधारलगायतका लागि थप आवश्यककोसमेत उनले अवलोकन गर्नेछन् । त्यस्तै इन्द्रावतीमा उनले अध्यक्ष रहँदा गर्न नभ्याएका संरचनाहरुकेसमेत निरीक्षण गरि समाधानको बाटो पहिल्याउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

इन्द्रावती सकेपछि उनी मेलम्ची नगरपालिकाका विभिन्न गाउँ, टोलमा हुनेछन् । २ गतेसम्म हुने पहिलो चरणको घर दैलोपछि प्रचारप्रसारका लागि ३ गतेबाट उनी चुनावी सभा, अभियान, घर दैलो, भेटघाटमा व्यस्त रहेनछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित