सवा दुई करोडको अवैध भेपसहित सिन्धुपाल्चोकका लामा पक्राउ

सवा दुई करोडको अवैध भेपसहित सिन्धुपाल्चोकका लामा पक्राउ

फरक पत्रिका

बुधबार, माघ १ २०८२

सवा दुई करोडको अवैध भेपसहित सिन्धुपाल्चोकका लामा पक्राउ

काठमाडौं  । मुस्ताङको लोमान्थाङबाट अवैध रूपमा चीनबाट ल्याइएको करिब २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का अन्दाजी ३२ वर्षीय पेमा लामा भेपसहित पक्राउ परेका हुन्। उनी उक्त कन्टेनरका चालक थिए।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट सशस्त्र प्रहरी, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित चालकलाई पक्राउ गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित