काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्नका लागि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। आगामी माघ २८ का लागि तोकिएको निर्वाचन तत्कालका लाथि राेक्न आदेश दिएको हो ।
सोमबार न्यायाधिश कृपासुर कार्कीको इजलासले निर्वाचन सम्बन्धी अन्य कुनै कार्य नगर्न अल्पकालिन अन्तरिम आदेश दिइएको छ। एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ता बुझ्ने लगायत काम राेक्न आदेश दिइएको हो ।
‘उमेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउँनु भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
रिट गोरखा जिल्ला फुटबल संघका अमित खत्रीले दयार गरेका थिए।एन्फाले भने माघ ३ गतेभित्र उम्मेदवारी पेश गर्ने कार्यतालिका प्रकासन गरेको छ। विभिन्न प्रक्रिया पार गरेपछि माघ १८ मा उम्मेदवारको अन्तिम नामावाली प्रकासन गर्ने र माघ २८ मा निर्वाचन हुने तालिका छ।