सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोलि कात्तिक पूर्णिकामा दिन जिल्लाकै ठूलो गौराती मेला पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाको वडा नं. ६ मा रहेको गौराति भिमेश्वर मन्दिरमा भोलिबाट पाँच दिनसम्म मेला लाग्नेछ ।
मेलाको अवसरमा नगरपालिकाले मातहत रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायहरू बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यो मेला धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्वको पर्व हो ।
यस पर्वमा मन्दिरमा पूजाअर्चना, व्रत तथा वली, दीपदान गर्ने परम्परा रहिआएको छ ।