कतारसँग खेल्दै नेपाल, विश्वकपमा पुग्ने सम्भावना कति बलियोे ?

कतारसँग खेल्दै नेपाल, विश्वकपमा पुग्ने सम्भावना कति बलियोे ?

फरक पत्रिका

सोमबार, असोज २७ २०८२

कतारसँग खेल्दै नेपाल, विश्वकपमा पुग्ने सम्भावना कति बलियोे ?

काठमाडौं । ओमानमा जारी आइसिसी टी २० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले पनि प्रतिप्पर्धा गरिरहेको छ । सो प्रतियोगिता अन्तर्गत आज नेपालले कतारसँग खेल्दैछ ।

ओमान क्रिकेट एकेडेमीमा सोमबार राति पौने नौ बजे नेपाल र कतारबीचको खेल हुनेछ। लिग चरणमा समूह बिजेता हुँदै सुपर सिक्समा पुगेको नेपालले शिर्ष तीनका लागि खेलिरहेको छ । सुपर सिक्समा शीर्ष तीन हुने टोली मात्रै विश्वकप छनोट हुनेछन् ।

सुपर सिक्सको पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स युएईसँग खेलेको थियो। एसियामा यूएईसँगको खेललाई अल क्लासिको पनि भन्ने गरिन्छ ।

खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो।

समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष ६ मा छनोट भएको हो । समूह बिजेता हुँदा लिगमै नेपालले दुई अंक बटुलेको थियो । नेपालको खातामा युएईसँगको जितसँगै ४ अंक भएको छ। यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ। आज जितेमा नेपालसँग ६ अंक हुनेछ । त्यति भएमा कुनै नाटकीय समीकरण नबदलिए विश्वकपमा पुग्ने सम्भावना लगभग पक्का जस्तै हुनेछ ।
शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ।

अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित