सय जनाको मृर्गाैला तस्करी गरेका सिन्धुपाल्चोकका श्यामकृष्ण र सुजन दिल्लीमा यसरी समातिए

सय जनाको मृर्गाैला तस्करी गरेका सिन्धुपाल्चोकका श्यामकृष्ण र सुजन दिल्लीमा यसरी समातिए

फरक पत्रिका

शुक्रबार, भाद्र २० २०८२

सय जनाको मृर्गाैला तस्करी गरेका सिन्धुपाल्चोकका श्यामकृष्ण र सुजन दिल्लीमा यसरी समातिए

काठमाडौं । कमजोर आर्थिक अवस्था भएकाहरूलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्ली पु¥याउने र मानव अंग मिर्गौला बेचबिखनमा संलग्न रहेको पाइएपछि प्रहरीले सिन्धुपाल्चोकका युवालाई पक्राउ गर्यो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र सुजन भारतीलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार, उनीहरूविरुद्ध पाँच जनाले जाहेरी दिएका थिए । उनीहरूकै बयानका आधारमा प्रहरीको टोली श्यामकृष्ण भण्डारीसम्म पुगेको हो । हाल पक्राउ परेका भण्डारी नै मिर्गौला तस्करीको मुख्य नाइके रहेको दाबी प्रहरीको छ ।
उनीहरुले कमजोर आर्थिक अवस्था भएकालाई नेपालबाट प्रभावमा पारेर दिल्ली पु¥याउने गरेका थिए । उनीहरुले नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकलगायत जिल्लाका व्यक्तिहरुलाई दिल्ली लगेर मिर्गाैला झिक्ने गरेको प्रहरीको दाबी छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले एक मिर्गौला बिक्रीबापत ६ लाख रुपैयाँ पीडितलाई दिने गरेको खुलेको छ ।

मिर्गौला बिक्रीका लागि भारत लगिएका नेपालीलाई दिल्लीको लाजपतनगरस्थित कस्तुरवा निकेतनका होटलहरूमा राख्ने गरेका थिए । होटलमा बसेका नेपालीहरूको मिर्गौला निकाल्न मिल्ने वा नमिल्नेबारे प्रारम्भिक परीक्षणका लागि दिल्लीका अस्पताल तथा क्लिनिकबाट स्वास्थ्यकर्मी बोलाएर रगत परीक्षणसहित कार्य गराउने गरेको खुलेको छ ।

मिर्गौला तस्करीका मुख्य नाइके भण्डारी दिल्लीमा बस्थे । भण्डारी नेपाल आउने सम्भावना थिएन । उनलाई नेपालमा पक्राउ गर्न असम्भव भएपछि प्रहरीले मृर्गाैला बेच्ने गिरोह बनेर प्रलोभन दिए । तर, चलाख भण्डारीले आफू बस्ने ठाउँ नै परिवर्तन गरे । प्रहरीको जुक्तिलाई उनले पत्याएनन् । प्रहरीले भण्डारी बसेको नयाँ ठाउँ पत्ता लगायो । अनि प्रहरी दिल्ली पुग्यो ।एकजना सिनियर प्रहरी अधिकारीकै टोली एक हप्ता दिल्ली बसेर दिल्ली प्रहरीको सहयोगमा भण्डारी बसेको घरमा अपरेसन चलाएर पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, भण्डारी समूहले भारत पु¥याएर मिर्गौला बिक्री गर्न लगाएका केही पीडितहरूलाई दिने भनिएको ६ लाख रुपैयाँसमेत नदिई नेपाल फर्काएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

अब भण्डारी र भारतीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को परिच्छेद ४ र क्षतिपूर्तिसम्बन्धी व्यवस्थाको दफा १५ दण्ड सजाय कसुरमा अनुसन्धान हुँदै छ । जसमा मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित