काठमाडौं । नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा नयाँ गीत सार्वजनक भएको छ । शुक्रबार उनको गुनासो बोलको गीत सार्वजनिक गरिएको हो ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकी गंगाको आइडल विजेता बनेपछिको यो पहिलो गीत हो। उनी आइडलमा जानुअघि बेलबटम बोलको गीत बजारमा आएको थियो ।
प्रदीप चापागाईंँको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विशम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।
गीतको भिडिओ निकेश खड्काको निर्देशनमा बनेको छ। जसमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता राज कटुवालले अभिनय गरेका छन्।
उत्सव दाहालको डिओपी रहेको भिडिओ विकास धमलाले सम्पादन गरेका छन्। ुगुनासोु गीत प्रदीप चापागाईँले प्रस्तुत गरेका हुन्।