काठमाडौं । बजारमा अकबरे खुर्सानीको मूल्य ओरालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको मूल्य घटेको हो ।
अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार